‘निकिशा’ श्रेष्ठमाथि भएको दुर्व्यवहारको छानबिन र कारबाही हुने

काठमाडौं । ‘निकिशा’ श्रेष्ठमाथि सडकमा भएको दुर्व्यवहारबारे आवश्यक छानबिन तथा कारबाही हुने भएको छ।

प्रहरी प्रधान कार्यालयले बुधबार साइबर ब्युरोलाई श्रेष्ठमाथि भएको दुर्व्यवहारबारे छानबिन र कारबाही गर्न निर्देशन दिएसंगै ति व्यक्तिहरुको खोजी गर्न सुरु गरिएको छ ।

श्रेष्ठलाई सडकमै अपशब्द प्रयोग गरी एक समूहले दुर्व्यवहार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मोटरसाइकलमा रहेको समूहले श्रेष्ठलाई दुर्व्यवहार गरेको आशंका गरिएपनि उक्त दुर्व्यवहार राजधानी काठमाडौंको कुन ठाउँमा भएको हो भन्ने यकिन भइसकेको छैन।

भिडिओमा श्रेष्ठलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ।

आफूलाई दुर्व्यवहार गरेपछि श्रेष्ठले सो समूहलाई लखेट्न खोजेको कुरा भिडियोमा प्रष्ट देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here