दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ७९ करोड बढीको कारोबार

काठमाडौं, ३ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।

बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २३.३२ अंकले बढेर १७४१.८१ विन्दुमा कायम भएको हो ।

यसदिन १९४कम्पनीको ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको कारोबार भएको छ । १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ३ समूहको परिसूचक ओरालो लागेका छन् । आज लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् ।

यसको सबैभन्दा धेरै ३३ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै नेपाल टेलिकम र नेपाल लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालय डिस्ट्रिलरी, गोर्खा फाइनान्स, विशाल बजार, बोटलर्स नेपाल (तराई) र साल्ट्र ट्रेडिङका सेयरधनीले १० प्रतिशत कमाएका छन् । यस्तै, शिवम सिमेन्ट, शिखर इन्स्योरेन्स, नागरिक लगानी कोषको पनि सेयर मूल्य ७ प्रतिशभन्दा धेरैले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here