बेलायतमा सन् २०३० पछि पेट्रोल र डिजलबाट चल्ने गाडी खरिद बिक्री गर्न नपाईने

काठमाडौं । बेलायतले सन् २०३० पछि पेट्रोल र डिजलबाट चल्ने गाडीको बिक्रीमा प्रतिबन्ध लगाउने भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जनसनले यस योजनालाई ‘हरित औद्योगिक क्रान्ति’ नाम दिँदै बुधवार यस विषयलाई सार्वजनिक गर्दै छन् ।

जलवायु परिवर्तनलाई कम गर्नको लागि यस योजनालाई अघि बढाईएको बेलायती सरकाले बताएको छ ।

पर्यावरणलाई बर्बाद गरिरहेको पेट्रोल र डिजल गाडीको कारोबारलाई बन्द गरेर जलवायु परिवर्तन कम गर्न यस कार्यले सहयोग गर्ने बताईएको छ ।

बेलायती सरकारको अनुसार यो योजनाको माध्यमबाट सन् २०५० सम्म देशमा रहेको कार्बन उत्सर्जनलाई कम गर्नको लागि सहयोग मिल्नेछ । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here