विश्वको एक्लो सेतो जिराफ बचाउन जीपीएस ट्र्याकिङको प्रयोग

काठमाडौं । विश्वको एकमात्र सेतो जिराफ बचाउनको लागि जीपीएस ट्र्याकिङको प्रयोग गरिएको छ ।

ल्युसिजम भनिने यस जिराफको सुरक्षाको लागि केन्यामा जीपीएस ट्रयाकिङको प्रयोग गरिएको हो । वन्यजन्तु संरक्षण समूहले लगाएको उक्त ट्र्याकिङको
माध्यमबाट त्यो एक्लो भाले जिराफको गतिविधि तत्कालै थाहा पाउन सक्ने बताएको छ।

शरिरमा रहेको आनुवांशिक अवस्था रहेका कारण त्यसको छालामा रङ्ग बन्न सक्दैन ।

गत मार्च महिनामा यस जिराफको परिवारका दुई सदस्यलाई सिकारीले मारिदिएसंगै यो संसारकै एक्लो सेतो जिराफ बनेको हो ।

पछिल्लो समय जिराफ शिकारीको नजरमा पर्ने सबैभन्दा प्रमुख जनावर बनेको छ । जिराफका अंगहरू महङ्गो भएको कारण पनि धेरै शिकार हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here