काठमाडौं उपत्यकामा चिसो बढ्यो, तापक्रम ६ डिग्री सेन्टिग्रेड

काठमाडौं, ४ मंसिर । देशभर तापक्रम घट्ने र जाडो बढ्ने क्रम जारी छ।

मौसम पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार बिहिबार विहान ६ बजे काठमाडौं उपत्यकको तापक्रम ६ डिग्री सेन्टिग्रेडमा झरेको छ । यहाँको तापक्रम ६ डिग्रीमा झरेको एक/दुई दिन भइसकेको छ।

‘एक हप्ताभित्रमा काठामाडौंको तापक्रम २ डिग्री घटिसकेको छ, त्यही भएर भाइटीकायता भन्दा अहिले निकै चिसो अनुभव भएको हो,’ मौसमविद्ले भने, ‘विगतमा काठमाडौंको तापक्रम पनि धेरैपटक माइनसमा झरेको छ, अहिले अनुमान गर्न त गाह्रो छ, तैपनि काठमाडौं तापक्रम पनि माइनसमा झर्ने सम्भावनाचाहिँ रहन्छ।’ यसैगरी मुस्ताङको जोमसोममा पनि बुधबार न्यूनतम तापक्रम शून्य दशमवल शून्य (०.०) डिग्री सेल्सियसमा झरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here