नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब साधारण सेयर निष्काशन प्रस्ताव पारित

काठमाडौं, ४ मंसिर । नेपालको अहिलेसम्मकै ठूलो प्राथमिक सेयर (आइपिओ) आउने भएको छ ।

बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको साधारणसभाले नियमनकारी निकायको स्वीकृति पश्चात निष्काशन हुने गरी जारी पूँजीको ४० प्रतिशतले हुने जम्मा आठ अर्ब रुपैंयाको ८ करोड कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको हो ।

उक्त प्रस्ताव पारित भएसँगै नेपालमा हालसम्म निष्कासन भएका आइपिओमध्ये सबैभन्दा ठूलो आईपीओ हुने छ । यो आर्थिक वर्षभित्र नेपालकै एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक हो ।

बैंकले पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको यस बैंकले अहिलेसम्म ८ अर्ब ८५ करोड बराबरको कर्जा लगानी गरेको छ । गत माघ २८ गते नेपाल राष्ट्रबैंकबाट इजाजत पाएको यो बैंकले एक भव्य समारोहको आयोजना गरी कारोबार थालेको हो ।

४० अर्ब रुपैयाँ अधिकृतपूँजी र २० अर्ब रुपैयाँ जारी पूँजी रहेको यस बैंकमा नेपाल सरकारको १० प्रतिशत, पब्लिक लिमीटेड कम्पनीहरुको करिब ४० प्रतिशत, निजी लगानीकर्ताहरुको करिब १० र बाँकी ४० प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

बैंकले सर्वसधारणबाट उठाउन पर्ने ८ अर्ब बराबरकै आइपीओ जारी गरी सर्वसाधारणलाई समेत यो बैंकमा लगानीकर्ताको रुपमा भित्र्याउने बैंकको योजना अनुसार आईपीओ जारी गर्न लागेको हो ।

सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको यस बैंकले अन्तर्राष्ट्रिय, सार्वजनिक तथा निजी क्षेत्रहरुसँग सहकार्य गरी नेपालको पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन यस बैंकले ऋणदाताको रुपमा काम गर्ने उद्देश्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here