मंसिर लाग्यो, कति छ सुनको कारोबार मूल्य ?

काठमाडौं । साताको अन्तिम दिन आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको छ ।

बुधवार प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ७०० रुपैयाँ घट्दै प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य पनि प्रतितोला ७०० रुपैयाँ नै घट्यो । बुधवार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य विहिवार ७०० रुपैयाँ घट्दै प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ ।

विहिवार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घट्यो । बुधवार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँ घट्दै प्रतितोला १२ सय १५ रुपैयाा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here