शेयर बजार: कोरोबार सुरु भएको केही मिनेटमै ५ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज धितोपत्र बजारमा कारोबार सुरु भएको केही मिनेटभित्रै ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।

समाचार तयार पार्दाको समयसम्म साल्ट ट्रेडिङ, विशाल बजार कम्पनी, हिमालयन डिस्टिलरी, नेको इन्सुरेन्स र गोर्खाज फाइनान्सको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यी पाँचवटै कम्पनीको शेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।

अहिले साल्ट ट्रेडिङको ६५८ रुपैयाँले बढेर ७ हजार २४५ रुपैयाँ, विशाल बजार कम्पनीको ३०२ रुपैयाँले बढेर ३ हजार ३२९, हिमालयन डिस्टिलरीको २६५ रुपैयाँले बढेर २ हजार ९२७, नेको इन्सुरेन्सको ८८ रुपैयाँले बढेर ९७३ रुपैयाँर गोर्खाज फाइनान्सको १८ रुपैयाँले बढेर २०५ रुपैयाँ कायम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here