फलफूलको भाउ दोब्बर बढ्यो, खुद्रा बजारमा छोइ नसक्नु

काठमाडौं, ४ मंसिर । तिहार र छठको मौका छोपी व्यापारीहरुले फलफूलको मूल्य ह्वात्तै बढाएका छन् ।

तिहार र छठको लागि फलफूलको माग अधिक भएपछि व्यापारीले आफूखुसी भाउ बढाएका हुन् । फुजी स्याउ, मौसम, अनार, केरा लगायत अधिकांश फलफूलको भाउ बढेका छन् । तिहार सकिएपनि फलफूलको भाउ भने घटेको छैन् ।

उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार २० दिनको अन्तरमा फलफूलको थोक मूल्य प्रतिकेजी १० देखि ११० रुपैयाँसम्म वृद्धि भएको छ ।

कात्तिक १६ गते प्रतिकेजी १३० रुपैयाँ रहेको झोले स्याउको मूल्य मंसिर ४ गते २५० रुपैयाँ रहेको छ । फूजी स्याउको मूल्या भने केजीको १० रुपैयाँ रहेको छ । केरा भने दर्जनको २० रुपैयाँ बढेको छ ।

चाडपर्वको बेला सरकारी अनुगमन पनि नहुने र मानिसले जसरी पनि किन्ने देखेपछि मौका छोप्दै व्यापारीहरुले मनोमानी भाउ बढाएका हुन् । होलसेल मूल्यमा सामान्य मात्र वृद्धि भए पनि खुद्रा बजारमा फलफूलको भाउ दोब्बरभन्दा बढीले विक्री गरेको पाइएको छ ।

कोभिड १९ का कारण यो वर्ष चीन लगायत मुलुकबाट माग अनुसार फलफूल आयात हुन नसकेको र स्वदेशमै उत्पादित फलफूले माग धान्न नसकेपछि फलफूलको भाउ बढेको व्यापारीहरु बताउँछन् ।

गत वर्ष तिहारमा स्याउको मूल्य प्रतिकेजी १४५ रुपैयाँसम्म मात्र रहेको थियो । यो वर्ष कोरोनाका कारण चीनबाट चकलेटि स्याउ आयात हुन नसक्दा यसरी स्याउनको मूल्य वृद्धि हुन गएको हो ।

कालिमाटी बजारमा केराको हालसेल मूल्य प्रति दर्जन ११० रुपैयाँदेखि १२० रुपैयाँसम्म भए पनि खुद्रा बजारमा प्रतिदर्जन १५० देखि १८० सम्म रहेको छ ।

नेपाली सुन्तला प्रतिकेजी थाक मूल्य ६५ देखि ७० रुपैयाँमा रहेको छ भने खुद्रा बजारमा प्रतिकिलो १२० सम्म रहेको छ । सुन्तलाकै जात भित्र पर्ने मौसम प्रतिकेजी १६०देखि १८० रुपैयाँसम्ममा विक्री भइरहेको छ ।

यस्तै, अनारको थोक मूल्य प्रतिकेजी २८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ भने खुद्रा बजारमा प्रतिकिलो ३५० देखि ४०० सम्म विक्री भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here