पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोनाको लक्षण देखिएपछि उपमेयर गुरुङको बुधवार परीक्षण गरिएको थियो । आज शुक्रबार अस्पतालले उनलाई कोरोना संक्रमित घोषणा गरेको छ ।

उपमेयर गुरुङ अहिले होम आइसोलेशनमा बसेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here