कात्तिक महिनामा २४ हजारले नेपाल छाडे, ३७ हजार भित्रिए

फाइलफोटो

काठमाडौं, ४ मंसिर । कात्तिक महिनामा २४ हजार भन्दा धेरै मानिसले नेपाल छाडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार पछिल्लो एक महिनामा नेपाली तथा विदेशी गरी २४ हजार ८४ जनाले नेपाल छाडेका छन्।

जसमध्ये २२ हजार २ सय १२ नेपाली नागरिक रहेका छन् भने १ हजार ८ सय ७२ विदेशी नागरिक रहेका छन् ।

यसका साथै कात्तिक महिनामा विश्वका विभिन्न देशबाट नेपाल आउने नागरिकको संख्या ३७ हजार ३ जना रहेको छ।

जसमा ३४ हजार ९ सय ९४ जना नेपाली रहेका छन् भने २ हजार ९ जना विदेशी नागरिक रहेको अध्यागनम विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here