शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं, ४ मंसिर । शेयर बजारमा विहिवार नयाँ रेकर्ड कायम भएको छ ।

एकै दिनमा करिब ६ अर्ब रुपैयाँ बढीको को कारोबार भई सेयर बजार इतिहासमै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको हो ।

विहिवार १ सय ९८ कम्पनीको ५६ हजार ३ सय ७१ कित्ता शेयर कित्ता शेयर १ करोड ४० लाख ६२ हजार ५०७ पटक किनबेच हुँदा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार रुपैयाँको कारोबार भयो ।

यो शेयर बजारको कारोबार रकममा नयाँ रेकर्ड हो । यसअघि गत फागुन १८ गते इतिहासकै धेरै ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँको कारोबार भएको थियो ।

विहिवार नेप्से परिसूचक ३६.३२ अंकले बढेर १ हजार ७ सय ७८.१२ अंकमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स ४.९८ अंकले बढेर ३ सय ४३.०७ अंकमा पुगेको छ ।

आज सबैभन्दा धेरै टारागन रिजेन्सी होटल र यूनिलिभर नेपालका शेयर धनीले कमाए । यी दुवैको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, हिमालयन डिस्टीलरी र बोटल्स नेपालको ९.९९ प्रतिशत बढ्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । पुनर्बीमा कम्पनीले ४१ कारेड ८ लाखको कारोबार गर्यो । त्यस्तै, हिमालयन डिस्टीलरीले २७ करोड ७ लाख ५३ हजार, नेपाल लाइफ इन्स्योरेन्सले २६ करोड १२ लाख ९९ हजार रुपेयाँको कारोबार गर्यो ।

कारोबार भएका कुल १९८ कम्पनी मध्ये १४८ कम्पनीको मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्य घटेको छ । १८ कम्पनीको मूलय भने स्थिर रहेको छ ।

बढ्दो बजारमा आज १५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तारागाउँ रिजेन्सी होटल, युनिलिभर, हिमालय डिस्ट्रिलरी, विशाल बजार, बोटलर्स नेपाल (तराई), साल्ट्र ट्रेडिङ, नेको इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, सोल्टी होटल, एनआरएन इन्फ्रास्ट्रकचर, हिमालय जनरल, सानिमा जनरल, ओरेन्टल होटल र गोर्खा फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता भई ब्याजदर सस्तो हुँदा सेयर बजारले दिनदिनै नयाँ उचाइ लिँदै गएको जानकारहरु बताउँछन् ।

साथै पछिल्लो समय बजारमा नयाँ लगानीकर्ताको प्रवेश, सेयर बजार प्रविधिमैत्री हुँदै जानु, सूचीकृत कम्पनीहरुले कोरोनाका बीच पहिलो त्रैमासको आकर्षक रिपोर्ट सार्वजनिक गर्नु, गत वर्षको नाफाबाट लाभांश घोषणा गर्नु लगायत कारणले गर्दा पनि बजारले नयाँ उचाई चुमेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here