यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङको स्थगित सेवा आइतबारदेखि सुचारु हुने

काठमाडौं, ४ मंसिर । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङको सम्पूर्ण स्थगित सेवाआइतबारदेखि सुचारु हुने भएको छ ।

विहिबार एक सूचना सार्वजनिक गर्दै मंसिर ७ गतेदेखि नविकरण, प्रतिलिपी, प्रमाणीकरण र स्मार्टकार्ड वितरण सेवा सुचारु हुन लागेको जानकारी दिएको हो ।

कार्यालयको एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यातायात व्यवस्था कार्यालयले सूचना निकालेर कात्तिक २६ गतेदेखि अर्को सूचना प्रकाशित नहुँदा सम्मको लागि सेवा रोकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here