मास्क नलगाउनेलाई दुई हजार जरिवाना !

काठमाडौं । भारतको राजधानी दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने भएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विहिवार पत्रकार सम्मेलन गर्दै मास्क नलगाउने मानिसलाई दुई हजार जरिवाना लगाईने घोषणा गरेका हुन् ।

कोरोना संक्रमण बढ्दै गएको कारण यसमा मानिसहरुको लापरवाही नहोस् भनेर यस्तो गरिएको उनले बताए ।

दिल्लीमा यसअघि मास्क नलगाउनेलाई ५०० रुपैयाँ जरिवाना गर्ने व्यवस्था थियो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here