अक्षय कुमारले युट्युवर विरुद्ध हाले ५ अर्बको मानहानी मुद्दा

काठमाडौं । भारतिय सिनेमा उद्योग बलिउडका सुपरस्टार अक्षय कुमारले विहारका युट्युवर राशिद सिद्धिकीविरुद्ध ५ अर्ब भारुको मानहानी मुद्दा दायर गरेका छन् ।

सुशान्त सिंह राजपुतको आत्महत्या केशमा युट्युवर सिद्धिकीले आफूलाई नेहा चक्रवर्तिलाई क्यानडा भगाउनको लागि सहयोग गरेको आरोप लगाएको कारण ५ अर्बको मानहानी मुद्दा दायर गरेको अक्षय कुमारले बताएका छन् ।

सिद्धिकीले केही समयअघि आफ्नो युट्युव च्यानल ‘एफएफ न्यूज’मा उक्त भिडियो अपलोड गरेका थिए । जसमा नेहा चक्रवर्ति क्यानडा गएको र उनलाई क्यानडा भगाउनमा अक्षय कुमारले सहयोग गरेको बताईएको छ ।

यसका साथै भिडियोमा ‘एमएस धोनी’ फिल्ममा सुशान्तले काम गरेको कुरा अक्षयलाई मन परेको थिएन र यसको बदला लिन उनले यस्तो गरेको र सुशान्तले आत्महत्या गर्नमा अक्षयको ठूलो हात रहेको पनि भनिएको थियो ।

यस्तो थियो भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here