ग्लोबल आइएमईको नयाँ शाखा तनहूँको दुलेगौडामा

काठमाडौं, ४ मंसिर । ग्लोबल आइएमई बैंकले थप शाखा विस्तार गरेको छ । बैंकले तनहूँको दुलेगौडामा नयाँ शाखा विस्तार गरेको हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले ७२ वटा जिल्लामा फैलिएको २६३ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here