काठमाडौं, ४ मंसिर । काठमाडौं उपत्यकामा १२२९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार ७७४ र भक्तपुरमा ७ हजार २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।