दाङ्गको लमहीमा नेपाल बैंकको नयाँ शाखा, शाखा संख्या २०३ पुग्यो

काठमाडौं, ४ मंसिर । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ्ग जिल्लाको लमहीमा नयाँ शाखा स्थापना गरेको छ ।

नयाँ शाखाको उद्घाटन कार्तिक ३० गते लक्ष्मीपूजाका दिन लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले गरेका हुन् ।

यससँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटिएममा विस्तार भएको छ ।

अधिकारीले बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले एनिर्भसरी ब्यवशाय कर्जाको सुरुवात गरेको बताए ।

बार्षिक ६.९९ प्रतिशत मात्र ब्याजदर कायम गरिएको यस एनिर्भसरी ब्यवशाय कर्जाको सिमा रु. १० करोड सम्मको रहेको छ भने त्यसका लागि व्यवशाय दर्ता भएको ६ महिना पुगेको हुनुपर्ने छ ।

बैंकले उत्पादन वा खरिद लागतको १०० प्रतिसतसम्म वा स्टक तथा स्टक एण्ड रिसिभेवलको ८० प्रतिशतसम्म लगानी गर्नसक्ने छ ।

बैंकले मोबाइल बैंकिङ, इण्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, सी–आस्बा र भिसा डेबिट कार्ड कार्ड निःशुल्क प्रदान गर्दै आईरहेको छ ।

अत्याधुनिक बैंकिङ्ग सेवाहरु, बिभिन्न प्रकारका कर्जाहरु, एल.सी. तथा ग्यारेण्टी सुबिधाहरु, एटिएम, डिजिटल बैंकिङ्ग सेवाहरु आदी प्रतिस्पर्धि एबं नेपालको बैकिङ्ग ईण्डस्ट्रीमै सस्तो दररेटमा उपलब्ध गराउने प्रतिबद्घता अधिकारीले ब्यक्त गरे ।

लमही नगरप्रमुख कुलबहादुर खत्री क्षेत्रीले लमहीमा नेपाल बैंकको शाखा स्थापनाले नगरबासीहरुको तथा देउखुरी क्षेत्रका बिभिन्न कार्यालयहरु, कर्मचारीहरु, कर्जा ग्राहकहरु, बिद्यालयहरु आदीको ठूलो श्रम तथा समयको बचत हुने, लमही नगरपालिकाले बिभिन्न सहकार्य गर्दै जाने र सहुलियतपूर्ण कर्जाहरु यसैबैंकको माध्यमबाट उपलब्ध गराउन पहल गरिने जानकारी दिए ।

सम्बन्धित समाचार

नेपाल बैंकले ल्यायो सस्तो विजनेश कर्जा, ब्याजदर ६.९९ प्रतिशत

८४औं वार्षिकोत्सवमा नेपाल बैंकको रक्तदान

नेपाल बैंकको खुद नाफा घट्यो, वितरणयोग्य नाफा साढे १९ करोड

छोरीको शिक्षा र उद्यमशिलतामा चाँगु नगरपालिकालाई सघाउँदै नेपाल बैंक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here