गुराँस लाइफले सवा ५ प्रतिशत बोनस सेयर दिने, अध्यक्षमा विवेक दुगड निर्वाचित

काठमाडौं, ४ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभाले संचालक समितिको अध्यक्षमा विवेक दुगड़लाई पुनः निर्वाचित गरेको छ ।

विहीबार आयोजित सभाले आर्थिक वर्ष ०७४÷०७५ को मुनाफाबाट जारी पुँजी रु. १ अर्ब ८७ करोड ७० लाखको ५.२५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

साथै सो सभाले आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ दुगड़, अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भुप्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड़लाई निर्विरोध निर्वाचित गरेको छ ।

सम्बन्धित समाचारः

गुराँस लाइफको लिलामी खुल्यो, बजार मूल्य ६१६ रहेको सेयर १०० रुपैयाँमै किन्ने अवसर

गुराँस लाइफ इन्स्योरेन्सको सतप्रतिशत हकप्रद सेयरको बिक्री खुला

गुराँस लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने