वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं, ४ मंसिर । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

बिहीबार एक कार्यक्रमका बीच वोमी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारी क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै शेयर रजिष्ट्रार (धितोपत्र नामसारी, शेयर दाखिल खारेज, शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनश शेयर तथा लाभांश पुर्जा बितरण) सम्बन्धी सम्पुर्ण सेवा कुमारी क्यापिटलमार्फत उपलब्ध गराउने लघुवित्तले जनाएको छ ।

कुमारी क्यापिटलमार्फत सेवा प्रारम्भ हुने मिति भने एक सार्वजनिक सूचनामार्फत छिट्टै जानकारी गराइने बताइएको छ ।

सम्बन्धित समाचारः

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त मर्जरमा जाने, वोमीको सेयर कारोबार रोक्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here