सुनचाँदीको मूल्य घट्ने क्रम जारी, कति छ आजको कारोबार मूल्य ?

काठमाडौं, ५ मंसिर । सुनचाँदीको मूल्य घट्ने क्रम साताको अन्तिम दिन आज पनि जारी नै रह्यो । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घट्यो ।

विहिवार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार ४०० रुपैयाँ घट्दै प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँ नै घट्यो । शुक्रवार तेजावी सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ ।

शुक्रवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घट्यो । विहिवार प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँ घट्दै प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here