सेञ्चुरी कमर्सियल बैंक शुरु गर्‍यो सहज खाता र क्लिक अनलाइन एकाउन्ट सेवा

काठमाडौं, ५ मंसिर । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक एकाउन्ट भन्‍ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ

बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज बनाउने प्रयास स्वरुप ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी उक्त दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो ।

घरमै बसेर शून्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ ।

बचत खातामा उच्चतम् प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु अनलाइन खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुँदा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै उक्त बचत खाता प्रवर्द्धन गर्न बढी ब्याजदर दिइएको बैंकले जनाएको छ ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पे मार्फत वालेटको कारोबार समेत गर्न सकिनेछ ।

यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन ५ हजार रुपैयाँ बराबर क्यास लेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एक लाखसम्म कारोबार गर्न सकिनेछ ।

सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोबार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो ।

उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेशन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here