टेक जर्नोज् फोरमले गर्यो क्षमता अभिवृद्धि कार्यक्रम

काठमाडौं, ३ जेठ । सूचना र प्रविधिको क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको मञ्च टेक जर्नोज् फोरमले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि एक कार्यक्रम गरेको छ ।

शुक्रबार काठमाडौंमा भएको ‘नलेज इन्हान्समेन्ट प्रोग्राम’मा विभिन्न सञ्चारमाध्यममा आबद्ध भई सूचना र प्रविधि बिटमा लेख्दै आएका पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ‘इन्टरनेट कसरी चल्छ र नेपालमा यसको बजार कस्तो छ ?’भन्ने विषयमा छलफल गरिएको फाेरमका अध्यक्ष विश्वास रेग्मीले बताए ।

पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि हरेक महिना एउटा विषयमा केन्द्रित भएर कार्यक्रम गर्ने फाेरमकाे उद्देश्य अनुरूप साे कार्यक्रम आयोजना गरिएकाे र याे दाेस्राे कार्यक्रम भएकाे पनि उनले जानकारी दिए ।

कार्यक्रमा वक्ताको रुपमा निम्त्याइएका भायनेट कम्युनिकेशनका प्रवन्ध निर्देशक कुमार बोहोरा अहिलेको माग र बजार अनुसार इन्टरनेट सेवालाई सस्तो बनाउन कठिन रहेको धारणा व्यक्त गरे ।

त्यस्तै अर्का वक्ता नेपाल टेलिकमका इन्जिनियर बिग्नेश झाले नेपालमा इन्टरनेट प्रयोग गर्ने सम्पुर्ण संख्या मध्ये ७० प्रतिशत जनताले गुगल र फेसबुकको मात्रै प्रयोग गर्ने तथ्याङ्क रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here