चिसो मौसममा दैनिक गुड खानुका यस्ता छन् फाइदा

काठमाडौं । चिसो मौसमको सुरुवात भईसकेको छ । राजधानी काठमाडौं लगायत देशका हरेक स्थानमा चिसो बढ्दो क्रममा छ । यस्तो मौसममा स्वास्थ्यको ख्याल राख्नु अत्यन्त जरुरी हुन्छ ।

चिसो मौसममा अनेक प्रकारको स्वास्थ्य सम्बन्धी समस्याहरु हुने गर्दछ । यस्तो मौसममा ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टको जोर्नी दुख्ने जस्ता समस्याहरु धेरै हुन्छन् ।

यस्तो प्रकारका समस्याबाट छुटकारा पाउनको लागि दैनिक रुपमा गुड खानु अत्यन्त आवश्यक छ । गुडमा पाईने प्रोटिन, कार्बोहाइडेट, आइरन, भिटामिन बी, क्याल्सियम तथा फस्फोरस जस्ता पौष्टिक तत्व पाईन्छ । मधुमेहको समस्या भएका मानिसहरुले पनि चिनीको बिकल्पको रुपमा गुडको प्रयोग गर्न सक्छन् ।

यस्ता छन् गुड खानुका फाइदाः

पेटको समस्याबाट छुटकारा

दैनिक रुपमा गुड खाएमा पेटसम्बन्धी समस्याहरु कब्जीएत, ग्याष्टिक तथा अन्य विभिन्न प्रकारका समस्याबाट छुटकारा पाउन सकिन्छ । गुडको एक टुक्रामा अलिकति नुन वा कालो नुन मिसाएर खाएमा सहयोग मिल्छ । यसले गर्दा पाचन प्रणालीले राम्रोसंग काम गर्छ ।

चिसो र यसबाट हुने समस्याबाट बचाउछ

चिसो मौसममा दैनिक गुड खादाँ औषधीको काम गर्दछ । चिसो लागेको अवस्थामा गुडलाई अदुवासंग खाएमा चिसो लाग्नमा बच्न सकिन्छ ।

हड्डी बलियो बनाउछ

गुडमा धेरै मात्रामा क्याल्सियम, फस्फोरस पाईन्छ । यसले हड्डीलाई बलियो बनाउनको लागि सहयोग गर्दछ । यसलाई दैनिक खादाँ चिसो मौसममा जोर्नीहरु दुख्ने समस्याबाट राहात पाउन सकिन्छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here