‘बार्सिलोनामा मेसीको यो अन्तिम सिजन हुनसक्छ’

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनका स्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोना छोड्ने हल्ला चल्दै गर्दा बार्सिलोनाका पूर्वफरवार्ड रिभाल्डोले लिओनल मेसीका लागि २०२०÷२१ को सिजन बार्सिलोनामा अन्तिम हुनसक्ने बताएका छन् ।

बार्सिलोनामा बिबाद बढ्दै गएको कारण नयाँ सञ्चालक समितिले मेसीलाई क्लबमै बस्न मनाउन नसक्ने भन्दै यो सिजन बार्सिलोनामा मेस्सीको अन्तिम सिजन हुनसक्ने रिभाल्डोले दावी गरेका छन् ।

केही समयअघि मेस्सीले बार्सिलोनाको हरेक गल्तिको जिम्मा लिदाँलिदाँ आफु निरास भएको कुरा बताएका थिए । त्यो अन्र्तवातासंगै मेस्सीले बार्सिलोना छाड्ने हल्लाले चर्चा पाएको थियो ।

सन् २०१५ पछि युरोपियन च्याम्पियन्स लिग जित्न नसकेको कारण पनि मेस्सीले दबाब महशुस गरेको कुरा स्पेनिस मिडियारुले बताईरहेका छन् ।

यस्तो अवस्थामा यो सिजन मुख्य घरेलु वा युरोपियन च्याम्पियनसिप जितेमा मेसीको मन परिवर्तन हुन सक्ने कुरा रिभाल्डोले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here