विमानस्थल स्तरोन्नतिका लागि एडीबीले १७ अर्ब ७० करोड ऋण दिने

काठमाडौं, ५ मंसिर । एशियाली विकास बैंक (एडिबी) ले नेपाल सरकारलाई १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

पर्यटन पूर्वाधार विकास र सेवा सुदृढीकरणमार्फत् नेपालको पर्यटन क्षेत्रको विस्तारका लागि एडीबीले उक्त ऋण दिन लागेको हो । ऋण सहयोगमा त्रिभुवन विमानस्थलको सुरक्षा, क्षमता विस्तार र सञ्चालन दक्षता विस्तार गरिने एडीबीले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ ।

भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।

यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here