‘जोकर’ सिक्वेलका लागि वाकिनले मागे ५० मिलियन डलर

काठमाडौं । अघिल्लो साल प्रदर्शनमा आएको चलचित्र ‘जोकर’ ले मिश्रित प्रतिक्रिया पायो । फिल्मले असाध्यै मन पराउने देखि फिल्मको चर्को आलोचना गर्ने दर्शक समेत उत्तिकै पायो ।

फिल्मको सबैभन्दा चर्चाको विषय थियो वाकिन फिनिक्सले गरेको त्यो दमदार अभिनय । यस अभिनयको लागि वाकिनलाई अस्कर अवार्डबाट सम्मानित समेत गरिएको थियो ।

फिल्मको विषयमा निर्माण पक्षले केही बिबाद पनि झेल्नुपर्यो । बिबादको बिचपनि फिल्मको सिक्वेल बन्ने कुरा बाहिर आईरहेका थिए । तर, भिनेता वाकिनले भने हल्ला आउदै गर्दा सिक्वेलमा आफू नरहने घोषणा गरिदिए ।

केही समययता भने वाकिनले फिल्ममा खेल्ने मन बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताईरहेका छन् । यसको लागि उनले ५० मिलियन डलरको माग गरेको समेत बताईएको छ ।

तर, यो रकम जोकर सिक्वेलको दोस्रो र तेस्रो भागको लागि माग गरिएको हो । यसैबिच फिल्म निर्माण कम्पनी मार्भल डिसी पनि वाकिनलाई मागेको रकम दिन तयार रहेको पनि समाचारमा उल्लेख छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here