युनाईटेड इदी-मार्दीको आईपीओमा मागभन्दा ८.१४ गुणाबढी आवेदन

काठमाडौं, ६ मंसिर । युनाईटेड इदी-मार्दी एण्ड आरबि हाइड्रोपावरको प्राथमिक शेयर(आईपीओ)मा शुक्रबारसम्ममा मागभन्दा ८.१४ गुणा आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार ३ लाख ५४ हजार ५८१ वटा आवेदनबाट ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको ६६ लाख १२ हजार १६० कित्ता आईपीओको माग परेको हो ।

कम्पनीले कूल ८ लाख ७३ हजार ९१० कित्ता शेयर निष्काशन गरेकोमा ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here