पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, ४ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । घटेको मूल्य शुनिबार बिहान १२ बजेदेखि लागू भएको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा प्रतिलिटर १ रुपैयाँ घटेको छ । अब नयाँ मूल्य अनुसार निगमको बिक्रि मूल्य पेट्रोलमा १०९.५० रुपैयाँ र डिजेलमा ९७ रुपैयाँ कायम भएको छ ।
भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएका कारण नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।
यो मूल्य समायोजनपछि भारतको रक्सौलभन्दा नेपालको वीरगन्जमा बिक्रि मूल्य पेट्रोल १५.६७ रुपैयाँ र डिजेल १६.६४ रुपैयाँ सस्तो भएको निगमले जानकारी दिएको छ ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने कुनै थपघट गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here