थप १६७४ जनामा कोरोना संक्रमण, २३२३ जना संक्रमणमुक्त

फाइल फोटो

काठमाडौं, ६ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १६७४ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा १६७४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

गत २४ घण्टामा २३३३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको १ लाख ९३ हजार ३२५ जना रहेको छ ।

गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने १३०५ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here