युनाइटेड इदी-मार्दीको आइपीओ भर्ने अन्तिम दिन, कति पर्‍यो आवेदन ?

काठमाडौं, ७ मंसिर । युनाइटेड इदी-मार्दी एण्ड आरबी हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) मा आवेदन दिने खाज अन्तिम दिन रहेको छ ।

कम्पनीले मंसिर ३ गतेदेखि निष्काशन गरेको ८ करोड ७३ लाख ९१ हजार रुपैयाँ बराबरको ८ लाख ७३ हजार ९१० कित्ता आइपीओमा आवेदन दिने आज मंसिर ७ गते अन्तिम दिन हो ।

निष्काशित हुने कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयरमध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ८ लाख १२ हजार ७३६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीयलाई ४ लाख २० हजार कित्ता आइपीओ जारी गरेको थियो । सोमध्ये विक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित अहिले सर्वसाधरणमा निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी- आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबारसम्म कुल ३ लाख ५४ हजार ५८१ जना आवेदकले ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।

यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ८.१३ गुणा बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here