प्रतितोला ३०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको यथावत

काठमाडौं, ७ मंसिर । आइतवार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य पनि प्रतितोला ३०० रुपैयाँ नै बढ्यो । तेजावी सुनको मूल्य आज प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आइतवार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन् । आज चाँदीको कारोबारी मूल्य प्रतितोला १२१० रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here