६ दिन थपियो सार्वजनिक बिदा

काठमाडौं, ४ जेठ । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा घोषणा गरेको छ । यो १५ दिन देशभर नै राष्ट्रिय बिदा हुन्छन् ।

अर्थातः तीन वटै तह (संघ, प्रदेश र स्थानीय) सरकारका कार्यालयमा बिदा हुन्छ । तर, संविधानतः सबै तहका सरकार स्वायत्त छन् । त्यसकारण स्थानीय र प्रदेश सरकारले पनि आफ्नो भूगोल र अधिकार क्षेत्र भित्र रहेका कार्यालयका लागि सार्वजनिक बिदा घोषणा गर्छन् ।

सोही अनुसार अब नेपाल सरकारले प्रदेश सरकारले घोषणा गरेका बिदामा वर्षभर कम्तिमा ६ दिन संघ मातहतका कार्यालयमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

हसचिव प्रेम कुमार राईका अनुसार नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारहरुले आफ्नो प्रदेशमा प्रचलित धर्म, संस्कृति र रितिस्थति समेतलाई दृष्टिगत गरी घोषणा गरेका वर्षमा बढीमा ६ दिन सम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका नेपाल सरकारका कार्यालयमा समेत सार्वजनिक बिदा हुनेछ ।

प्रदेश सरकारले ६ दिन भन्दा बढीको बिदा घोषणा गरेको अवस्थामा भने परिस्थिति हेरेर गृह मन्त्रालयका निर्णय लिने बताइएको छ ।

तर, काठमाडौं उपत्यकाको हकमा भने प्रदेश सरकारको हरेक बिदामा गृहले के गर्ने भन्नबारे निर्णय लिने सचिव राईले जानकारी दिए । प्रदेशहरुले पनि आफ्नो प्रदेशमा मात्र दिने बिदाको सूचि प्रकाशित गर्नुपर्ने निर्णय गृह मन्त्रालले गरेको छ ।

२०७६ सालमा संघीय सरकारले दिएको सार्वजनिक बिदा
बैशाख १ : नयाँ वर्ष
बैशाख १८ : मजदुर दिवस
असोज ३ : संविधान दिवस
असोज १८—२२ : दशैं
कात्तिक १०—१२ : तिहार
फागुन ९ : महाशिवरात्री
फागुन २५ : अन्तरराष्टिय महिला दिवस
फागुन २६ : फागु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here