सेयर बजारमा उछालः एक घण्टामै दुई अर्ब माथिको कारोबार

काठमाडौं, ७ मंसिर । सेयर कारोबारमा उछाल आएको छ । कारोबार खुल्ने वित्तिकै दोहोरो अंकले बढेको बजार एक घण्टामै दुई अर्ब माथिको सेयर कारोबार भइसेको छ ।

आइतबार बिहान १२ बजेर १५ मिनेट जाँदा कूल २ अर्ब २३ करोड ८७ लाख ८४ हजार ८३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्म कुल १८९ कम्पनीको ४५ लाख २८ हजार १ सय ४४ कित्ता सेयर किनबेच भइसकेको छ ।

कारोबार खुलेको केही मिनेटमै १८०० अंक पार गरेको नेप्से परिसूचकमा भने अहिले करेक्सन देखिएको छ । यसअवधिसम्म परिसूचक ३०.१४ अंकले बढेर १८०८ अंकमा रहेको छ ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here