एउटै परेवाको मूल्य २२ करोडभन्दा धेरै !

काठमाडौं । तपाईंले एउटै परेवालाई २२ करोडभन्दा धेरैमा किनबेच गरिएको सुन्नु भएको छ ? सुन्नु भएको छैन् भने यूरोपियन देश बेल्जियममा एउटै परेवालाई २२ करोडभन्दा धेरैमा किनबेच गरिएको छ ।

न्यू किम नाम गरेको त्यो पोथी रेस परेवालाई एक चिनियाँ नागरिकले १९ लाख अमेरिकी डलर अर्थात २२ करोड ५९ लाख रुपैयाँमा खरिद गरेको अन्तराष्ट्रिय सञ्चार एजेन्सी रोयटर्समा छापिएको छ ।

सुरुमा २३७ डलरबाट सुरु भएको लिलामीमा यो परेवाको मुल्य बढ्दै बढ्दै १९ लाख डलर पुगेको थियो ।

यसअघि आजभन्दा चार वर्ष पहिले भाले परेर्वा सबैभन्दा धेरै १४ लाख डलरमा बिक्रि भएको थियो । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here