२५ वर्षयताकै खराब लयमा बार्सिलोना !

LISBON, PORTUGAL - AUGUST 14: Gerard Pique of FC Barcelona looks dejected during the UEFA Champions League Quarter Final match between Barcelona and Bayern Munich at Estadio do Sport Lisboa e Benfica on August 14, 2020 in Lisbon, Portugal. (Photo by Michael Regan - UEFA/UEFA via Getty Images)

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना २५ वर्षयताकै खराब लयमा देखिएको छ । सिजनको राम्रो सुरुवात गर्न नसकेको बार्सिलोना शनिबार राति एथ्लेटिको मड्रिडसँग १-० गोल अन्तरले स्तब्ध भयो ।

डच प्रशिक्षक रोनाल्ड कोइम्यान नेतृत्त्वको जम्मा ८ खेल खेलेको बार्सिलोनाले ३ खेलमा जित, २ खेलमा बराबरी र ३ खेलमा पराजय भोगेको छ ।

२६ पटकको ला लिगा विजेता बार्सिलोनाले ८ लेलमा मात्र ११ अंक बनाएको छ । ऊ अंक तालिकाको दसौं स्थानमा छ ।

यससँगै बार्सिलोना २५ वर्षयताकै कमजोर देखिएको छ । १९९५–९६ मा बार्सिलोनाले खराब सुरुआत गरेको थियो । यसैगरी २००२–०३, २००३–०४ मा पनि बार्सिलोनाको सुरुआत ठीक थिएन ।

तथापि, त्यतिबेला बार्सिलोनाले सुरुआती आठ खेलमध्ये तीन खेलमा जित, तीन खेलमा बराबरी र २ खेलमा हार ब्यहोरेको थियो । कोइम्यानले नेतृत्त्व गर्दा पराजय पनि एक थपिएको छ ।

यसअघि खराब प्रर्दशनमा २०००–०१ को सिजनमा बार्सिलोनाले सुरुआती आठमध्ये तीन खेलमा हारेको थियो । तर, ४ खेलमा जित र एक खेलमा बराबरी गर्दै बार्सिलोनाले १३ अंक बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here