थप १६६९ जनामा कोरोना संक्रमण, ५६९९ जना संक्रमणमुक्त

काठमाडौं, ७ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १६६९ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ३२ नमुना परीक्षण गर्दा १६६९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

गत २४ घण्टामा ५६९९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको १ लाख ९९ हजार २४ जना रहेको छ । हालसम्म संक्रिय संक्रिमतिको संख्या १९ हजार ९ सय ६३ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here