मर्निङ वाकका फाइदै फाइदा

बिहान सवेरै उठेर हिड्ने गर्नु भएको छ ? छैन भने भोली बिहानै बाट शुरु गर्नुहोस । दैनिक केवल आधा घण्टाको हिँडाईले जीउमा स्फूर्ती ल्याउने मात्र होइन, मधुमेह, मुटुरोगजस्ता गम्भीर रोगबाट पनि सजिलै बच्न सकिन्छ ।
चिकित्सकहरुका अनुसार बिहानको हिडाई शारीरिक र मानसिक दुबै स्वास्थ्यका लागि लाभकर मानिन्छ । दिउसोको तुलनामा वातावरण कम प्रदुषित हुन्छ । होहल्ला कम हुन्छ । पर्याप्त शारीरिक कसरत पनि मिल्छ । यही कसरतले तपाई पुरै दिन निकै राम्रोसँग बित्नेछ ।

जोर्नीको समस्या हल
बढ्दो उमेर तथा तौलका कारण मानिसको हाड जोर्नीमा समस्या थपिने गर्छ । यदि नियमित हिड्ने बानी छ भने धेरै हदसम्म हाडजोर्नीको समस्या कम हुन्छ । बिहानको हिडाईले हड्डी मात्र नभई मांसेशी पनि बलियो बनाउँछ ।

डिप्रेसनबाट मुक्ति
अस्तव्यस्त जीवनशैली र खानपानका कारण मानिस अहिले मानसिक तनावमा छ । यो दर बढ्ने क्रममा छ । किनकी शहरिया जीवनशैलीले मानिसलाइ समाजबाट एक्लो बनाएको छ । मानसिक बिमारीले शारीरिक बिमारीको तुलनामा छिटो अप्रीय घटना निम्त्याउँछ । त्यसकारण मानिसको मष्तिस्कलाई केही समय भएपनि प्रकृतिको नजिक लगेर बिहानी हावामा रमाउने हो भने धेरै हदसम्म मानसिक समस्या कम हुन्छ ।

स्वस्थ्य मुटु
बिहानमा केही समय हिड्नुको सबैभन्दा बढी फाइदा मुटुको स्वस्थ्य राख्ने सन्दर्भमा पनि रहेको छ । मुटुसम्बन्धी रोगसँग जुधिरहनु भएको छ भने आजैबाट हिड्न शुरु गर्नुहोस । अनियन्त्रित जीवनैलीका कारण लाग्ने मधुमेहको नियन्त्रणमा पनि बिहानको हिडाई उत्तम उपाय हो ।

तौल घट्छ
हरेक दिन जीम गएर ठूलो पैसा तिर्दा पनि जीउ नघटेर हैरान हुनुहुन्छ भने आजैबाट हिड्न शुरु गर्नुहोस । नियमित हिडाईले तौल नियन्त्रणमा निकै ठूलो भूमिका खेल्छ । हिडाइले एक साथ धेरै अंगको कसरत हुन्छ । भनिन्छ, अधिक तौल रोगको पोको हो ।

स्फूर्ती
आधा घण्टाको हिडाईले शरीर स्फूर्त रहन्छ, मनमा सकारात्मक ऊर्जाको संचार हुन्छ । यसको फाइदा तपाईले दिन भर उठाउन सक्नुहुन्छ । बिहान जति अल्छी गर्यो, दिन त्यति नै मुस्किल हुन्छ । किनकी जीउले भारी महसुश गरिरहेको हुन्छ ।

मस्त निद्रा
साँझ छिटो सुत्ने र बिहान सवैर उठ्ने बानि बसाल्ने हो भने मानिसलाई निद्राको समस्या हुँदैन । साँझ अबेरसम्म बस्ने र बिहान ढिला सम्म सुत्ने मानिसको निद्रा पुगेको हुँदैन । जब निद्रा पुग्दैन, त्यसले शारीरिक थकान, मानसिक तनावदेखि अनेक समस्या निम्त्याउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here