युनाईटेड इदी-मार्दीको आइपीओमा १२.३९ गुणा बढी आवेदन

काठमाडौं, ८ मंसिर । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको आइपीओमा १२.३८ गुणा बढी आबेदन परेको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार ५ लाख ५७ हजार २८९ वटा आबेदनबाट एक करोड ६९ हजार कित्ता सेयर माग भएको हो ।

कम्पनीले सर्वसाधारणबाट ८ लाख १२ हजार ७३६ कित्ता सेयरका लागि बुधबारदेखि आवेदन माग गरेको थियो ।

कम्पनीले कूल ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन गरेकोमा ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ८ लाख १२ हजार ७३६ कित्ताको १२।३८ गुणा बढी हो ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको हो ।

कम्पनीको सेयरमा माग भन्दा बढी आबेदन परेकोले न्युन्तम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड नियमवली अनुसार ८१ हजार २७३ जनाले मात्रै शेयर पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here