५५ लाखले प्रयोग गर्छन् फोरजी सेवा, एनसेलको मात्रै ३७ लाखभन्दा धेरै

काठमाडौं । नेपालमा फोरजी सेवा प्रयोग गर्ने मानिसको संख्या ५५ लाख भन्दा धेरै रहेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ५५ लाख १६ हजार ५ सय ५४ जना सिम प्रयोगकर्ताले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।

टेलिकम बजारको आधाभन्दा धेरै हिस्सा ओगटेको नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता भने निकै कम छ । नेपालको टेलिकम बजारमा ५५.५३ प्रतिशत हिस्सा रहेको नेपाल टेलिकमको फोरजी विस्तार र फोरजी प्रयोगकर्ता भने २९.०८ प्रतिशत मात्रै छन् ।

नेपाल टेलिकमको फोजरी सेवा गर्ने मानिसको संख्या भने अहिलेसम्म १६ लाख ४ हजार ४ सय ५६ रहेको छ । अघिल्लो वर्षको तुलनामा भने नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता निकै बढेको छ । टेलिकमले पछिल्लो एक वर्षमा मात्रै ७ लाख ६९ हजार ४ सय ६१ जना फोरजी प्रयोगकर्ता बढेका छन् ।

एनसेलको फोरजी प्रयोगकर्ता ३७ लाखभन्दा धेरै

प्राधिकरणको तथ्यांक अनुसार ५५ लाख १६ हजार ५ सय ५४ जना फोरजी प्रयोगकर्ता मध्ये एनसेलको मात्रै ३७ लाख २९ हजार ४ सय ५३ जना रहेका छन् ।

त्यस्तै, स्मार्टसेलको भने १ लाख ८२ हजार ५५५ ग्राहकले फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here