शेयर बजारः नेप्से साढे २ अंकले घट्दा ४ अर्ब ७६ करोडको कारोबार

काठमाडौं, ८ मंसिर । साताको पहिलो दिन रेकर्ड कायम गर्दै बढेको शेयर बजार दोस्रो दिन भने घटेको छ । आज नेप्से परिसूचक २.३८ अंकले घटेर १ हजार ७ सय ८०.४३ अंकमा झरेको छ ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सोमबार सेन्सेटिभ इन्डेक्स ०.१२ अंकले घटेर ३ सय ४४.९५ अंकमा झरेको छ ।

सोमवार सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलभमेन्ट कम्पनीका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशत बढ्यो । त्यस्तै, हिमालयन डिस्टीलरीको ९.४५ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एनआईसी एसिया व्यालेन्स फन्डका शेयर धनी छन् । फन्डको शेयर मूल्य ४.५४ प्रतिशत घट्यो । त्यस्तै, सिटिजन म्यूचल फन्डको ४.३१ प्रतिशत घट्यो ।

आज आइतवारको तुलनामा कारोबारमा पनि कमी आएको छ । आइतवार झण्डै ७ अर्बको कारोबार भएकोमा आज १ सय ९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २७ लाख रुपैयाँको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल बैंक लिमिटेड रहेको छ । बैंकले ३० करोड २२ लाखको कारोबार गर्यो । त्यस्तै, नेपाल पुनरबिमा कम्पनीले २९ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here