आङछिरिङ परिवारले लुम्विनीमा ५ करोड लगानी गर्ने, प्रधानमन्त्रीले गरे शिलान्यास

काठमाडौं, ४ जेठ । लुम्विनी क्षेत्रको पर्यटन विकासमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको परिवारले ५ करोड लगानी गर्ने भएको छ ।
भीक्षुलाई ध्यान गर्न र आवासको समेत व्यवस्था हुने गरी स्वर्गीय व्यवसायी शेर्पाको नाममा परिवारले नेपालमै पहिलो पटक आधुनिक गोन्पा निर्माण गर्न लागिएको छ ।

१४ रोपनी क्षेत्रमा निर्माण गरिने गोन्पा भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यस गरे । उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपालको हवाइ, होटल र पर्यटन क्षेत्रमा शेर्पाको अतुलनीय योगदान रहेको बताए ।
गोन्पामा भीक्षुलाई ध्यान गर्न पाउने, आगन्तुक भीक्षु र दशनार्थीका लागि आवाससमेत व्यवस्था हुने गरी निर्माण थालिएको निर्माण समितिका संयोजक लाक्पा सोनाम शेर्पाले जानकारी दिए ।

नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पु¥याउन र विश्वभरका भीक्षुहरुलाई ध्यान गर्न सहयोग पुग्ने गरी दुई बर्ष भित्रमा गोन्पाको पुर्ण निर्माण सम्पन्न गर्ने उनले बताए ।

शेर्पा परिवार लगानी गर्न इच्छुक रहेपछि लुम्विनी विकास कोषले जग्गा उपलब्ध गराएर सहयोग गरेको कोषका सदस्य राजेश ज्ञवालीले बताए ।

कोषको गुरुयोजना अन्र्तगत रहेर हाल सम्म लुम्विनी क्षेत्रभित्र २३ वटा राष्ट्रको गोन्पा निर्माण भई सकेको छ भने ३० वटा बढी गुम्वा निर्माण भई सकेको सदस्य ज्ञवालीले बताए ।

तारा फाउण्डेशनसँगै रहेको जग्गामा गोन्पा भवनको निर्माण शुरु गरिएको छ । बर्षेनी लाख बढी पर्यटक भित्रिने लुम्विनी क्षेत्रमा ५० प्रतिशत बौद्ध धर्मालम्वी र भिक्षुहरुले भ्रमण गर्ने भएकाले गोन्पा निर्माण गर्नु पर्ने आवश्यक रहेको बताए ।

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको नाममा आठ चुचुरो भएको नेपालकै नमुना डिजाइनमा गोन्पा निर्माण हुने भएको छ ।

यति एयरल्यान्सका निर्देशक समेत रहेका शेर्पाको गत २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी मृत्यू भएको थियो ।

उक्त दूर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसमेत परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here