एनआइसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

काठमाडौं, ९ मंसिर । एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले मंसिर २१ गते वार्षिक साधारण सभा बोलाएको छ । साधरण सभा प्रयोजनाका लागि बैंकले मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म बुक क्लोज मिति तोकेको छ । त्यसअनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र साधरण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

साधरण सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे भर्चुअल माध्यमबाट शुरु हुने बैंकले जनाएको छ ।

साधरण सभामा बैंकले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १९ प्रतिशत बोनस र कर प्रयोजनसहित १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।

यस्तै, बैंकले अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव, त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव, आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताब, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा सभामा लैजाने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here