प्रतितोला १८०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं, ९ मंसिर । सोमवार कुनै परिवर्तन नभएको सुनको मूल्य मंगलवार एकैदिन प्रतितोला १८०० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १८०० रुपैयाँ घट्दै प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य पनि प्रतितोला १८०० रुपैयाँ नै घट्यो । तेजावी सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घट्यो । आज चाँदीको कारोबारी मूल्य प्रतितोला ११८० रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here