७४ वर्षीय जेनट यलन अमेरिकाको पहिलो महिला अर्थमन्त्री बन्दै

काठमाडौं । संयुक्त राज्य अमेरिकीले २ सय ३१ वर्षमा पहिलो पटक महिला अर्थमन्त्री पाउने भएको छ । नव निर्वाचित राष्ट्रपति जो बाइडेनले केन्द्रीय बैंक फेडरल रिजर्भकी पूर्वप्रमुख समेत रहेकी यलनलाई मुलुकको पहिलो महिला अर्थमन्त्री बनाउने तयारी थालेका अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन् ।

७४ वर्षीय अर्थशास्त्री यलन महँगी र बेरोजगारीबीच विपरीत सम्बन्ध हुन्छ भन्ने केन्सियन विचार राख्ने अर्थशास्त्री हुन्।

कोरोनाको कारण बेरेजगारी बढ्दै गएको र जसको कारण आर्थिक वृद्धि दर सुस्त रहेको बेलामा अर्थमन्त्री बन्न लागेकी यलनको लागि अर्थमन्त्रीको कार्यकाल सहज नहुने तर्क उठन थालेको छ ।

यसअघि यलनलाई राष्ट्रपति बाराक ओबामाले २०१४ मा ४ वर्षे कार्यकालका लागि फेडरल रिजर्भको प्रमुख बनाएका थिए।

केही समयदेखि यलन ट्रम्पले अमेरिकी अर्थतन्त्र कत्ति पनि बुझेका छैनन भन्ने टिप्पणी गर्दै आएकी थिइन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here