च्याम्पियन्स लिगः आज बार्सिलोना र डिनामो किभ भिड्दै

काठमाडौं । च्याम्पियन्स लिग अन्र्तगत आज स्पेनिस क्लव बार्सिलोना र युक्रेनको क्लब डायनामो किभ भिड्दै छन् । नेपाली समय अनुसार राति १ः४५ बजेबाट सुरु हुने खेल किभको घरेलु मैदानमा हुँदै छ ।

किभको मैदानमा हुने सो खेलमा बार्सिलोना शीर्ष स्थान कायमै राख्ने दाउमा छ । हाल बार्सिलोना ९ अंकका साथ शीर्ष स्थानमा छ भने किभ १ अंकका साथ तेस्रो स्थानमा छ ।

सिजनको पहिलो भेटमा बार्सिलोनाले किभलाई आफ्नै मैदानमा २–१ गोलले हराएको थियो । आजको खेलमा बार्सिलोनाका कप्तान मेस्सी भने उपस्थित हुनेछैनन् ।

आजकै अर्को खेलमा सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टसले हंगेरियन क्लब फेरेन्भारोससँग खेल्दैछ । राति १ः४५ बजे हुने सो खेल युभेन्टसको मैदानमा हुनेछ । यस सिजनको पहिलो भेटमा युभेन्टसले फेरेन्भारोसलाई उसैको मैदानमा ४–१ गोलले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here