दुई वर्षमै ८० प्रतिशत बढेको थियो भारती सिंहको कमाई, वार्षिक कमाई २२ करोड भारु

काठमाडौं । भारतिय कमेडियनमध्ये महंगो कमेडियनको रुपमा रहेकी भारती सिंहको कमाई वार्षिक २२ करोड भारतीय रुपैयाँ रहको छ।

सामान्य सो को लागि ५ देखि ६ लाखसम्म लिने कमेडियन भारती ड्रग्स केशमा फस्नुअघि भारती इन्डियाज बेस्ट डान्सर र कपिल शर्मा सो सँग जोडिएकी थिइन्। इन्डियाज बेस्ट डान्सरमा उनी श्रीमान हर्षसँग मिलेर कार्यक्रम सञ्चालन गर्थिन्।

सन् २०१८ मा फोर्ब्स इन्डियाले सार्वजनिक गरेको धनी कलाकारको सूचीमा उनी ७४ औं स्थानमा थिइन् । त्यतिबेला उनको आम्दानी १३ करोड थियो । तर, गएको दुई वर्षमा उनको आम्दानी ८० प्रतिशभन्दा धेरै बढेको भारतिय सञ्चार माध्यमहरुले बताएका छन् ।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले गत शनिबार उनको घरमा छापा हान्दा गाँजा बरामद भएपछि उनीहरुलाई हिरासतमा लिईएको थियो ।

तर, नार्कोटिक्स कन्ट्रोल ब्युरोले जवाफी फाइल दिनुपर्नेमा कोही पनि नआएपछि अदालतले उनीहरुलाई मंगलवार धरौटीमा रिहा गर्यो । उनीहरू १५–१५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणबाट सुरु भएको ड्रग्स मुद्धामा एनसीबी विगत ३ महिनादेखि छानवीन गरिरहेको छ । जसमा एनसीबीले हालसम्म दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान, अर्जुन रामपाल, फिरोज नाडियावाल जस्ता स्टारसँग सोधपुछ गरिसकेको छ । यसैबिच अहिलेसम्म हाल दुई दर्जनभन्दा बढी मानिस पक्राउ परेका छन्।

सुशान्तको प्रेमिका भनिने रिया चक्रवर्तीका भाई शौविक पनि अहिले यसै केशको सिलसिलामा प्रहरी हिरासतमै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here