पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा

फाइलफोटो

काठमाडौं, ९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको मनोनयनको सूचीमा खड्का परेका हुन् ।

मनोनयनमा परेका ६ खेलाडीमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर र कोलम म्याकल्याण्ड र रिची बेरिङटन छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोरन पनि मनोनयनमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here