रोनाल्डोको गोलले युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

काठमाडौं, १० मंसिर । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा फेरेन्सभारोसलाई २–१ गोल अन्तरले हराउँदै युभेन्ट्सले अन्तिम १६ मा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक–एक गोल गरे । उता फरान्कोभारोसका लागि मर्टो युजुनीले एक गोल गरे ।

जितसँगै युभेन्ट्सले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । लिगमा चार खेल खेलेको युभेन्ट्सको ९ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here