चन्द्रागिरी हिल्सको आइपीओ मंसिर १७ गते देखि खुल्ने

काठमाडौं, १० मंसिर । चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि प्रभावित क्षेत्रका बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको आइपीओमा आयोजना प्रभावित काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ३, ४, ६ र ७ ( साविक थानकोट गाविसका सबै वडा र महादेवस्थान गाविसका वडा नं. ३, ४, ५, ६, ७ र ८ ), मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ गाविसका सबै वडा) र इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ (साविक फाखेल गाविसका सबै वडा) का स्थानीयवासीले आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले कम्पनीको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएकोमा पहिलो चरणमा स्थानीयवासीमा आइपीओ जारी गर्न लागेको हो । स्थानीयमा आइपीओ जारी गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधरणमा १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ जारी गर्नेछ ।

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here